बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तोकिएको समयमै तीनै तहको निर्वाचन हुन्छः मन्त्री पाण्डे

शनिबार, २२ माघ २०७३, १३ : २६
शनिबार, २२ माघ २०७३

गोर्खा - सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले तोकिएको समयमा नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार जुटेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र हंसपुर गाउँ पार्टीको तस्रो सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने — “संविधान कार्यान्वयनका लागि भएपनि तोकिएकै समयमा निर्वाचन गराउने दायित्वलाई सरकारले पुरा गर्नेछ ।”

मन्त्री पाण्डेले सरकारले आउँदो जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको बताउँदै भने, ‘निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका संसदले पारित गरिसकेको छ, अब छिट्टै निर्वाचनको घोषणा हुन्छ ।’

संविधानको सर्वस्वीकार्यता बढाउन सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको बताउँदै उनले संविधान संशोधन विधेयक परिमार्जन गरेर भए पनि पास गर्न सकिनेछ भने।

मन्त्री पाण्डे भूकम्पपीडितलाई राहत वितरण र पुनः निर्माणको कामलाई सरकारले तीब्रता दिन जुटेको उल्लेख गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितलाई राहत वितरण गर्न र पुनः निर्माणको कार्यलाई तीब्रता दिन नसकेकोले सरकारले उनलाई त्यो पदबाट हटाएको स्पष्ट पारे ।

देशभरका गाविस सचिवको जायज मागलाई सम्बोधन गर्न सरकारले पहल सुरु गरिसकेको बताउँदै उनले गाविस सचिवहरुले तत्काल आन्दोलन फिर्ता लिई काममा नफर्किए कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री पाण्डेले सङ्घीयता कार्यान्वयनको विकल्प नभएको बताउँदै संविधानको अनुसूचीमा लेखिएअनुसार अहिले सिंहदरबारबाट हुँदै आएको काम स्थानीयतहबाट हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप