बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मदिरा व्यवसायीको गुनासो : हामीलाई हेर्ने दृष्टिकोण ठीक भएन

शनिबार, २२ माघ २०७३, १६ : ५०
शनिबार, २२ माघ २०७३
काठमाडौँ - मदिरा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो सम्बन्धित उद्योगी एवम् व्यवसायी गरेका छन् । नेपाल मदिरा व्यवसायी महासङ्घको १३ औँं वार्षिक साधारण सभाका वक्ता व्यवसायीले सरकार र समाजबाट आफूहरु अपमानित भएको गुनासो गरेका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीप्रति अनुदार भएकाले मुलुक आर्थिक समृद्धिमा अगाडि बढ्न नसकेको बताए । उनले मुलुकका लागि कर तिर्ने व्यवसायीको सम्मान हुनुपर्नेमा जोड दिँदै मदिरा व्यवसायीका समस्यालाई सम्बोधन गर्न सरकारसँग माग गरे। मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले मुलुकको कुल राजस्वको १७ देखि २० प्रतिशत हिस्सा मदिरा व्यवसायबाट उठ्ने गरेको तथ्याङ्क प्रस्तुत गदै मदिरा व्यवसायीलाई हेलाँ गरिएको गुनासो गरे । उनले भने, “स्वतःस्फूर्त राज्यलाई कर तिरेका छौँ, तर सरकारबाटै पीडित भएका छौंँ । कम्पनीले पनि हाम्रा समस्यालाई सुन्दैन ।” त्यसैगरी, महासङ्घका महासचिव विष्णु खड्काले व्यवसायी र उद्योगी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुपर्ने बताए । घरेलु उत्पादन तथा आयातित मदिराको खुद्रा बिक्री मूल्य तोक्ने कार्यलाई राज्यले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप