बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा १,४१२ उद्योग सञ्चालनमा

शनिबार, २२ माघ २०७३, ०८ : ५२
शनिबार, २२ माघ २०७३
रोल्पा - घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ । उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादनमूलक उद्योग एक सय ६२ वटा स्थापना भएको देखिन्छ । ती उद्योगबाट ३४८ जना महिला र ४२९ जना पुरुषले रोजगार पाएका छन् । त्यसैगरी, वनजन्य र कृषिमा आधारित ३१६ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् । ती उद्योगबाट १८२ जना महिला र ३८८ जना पुरुषले रोजगार पाएका छन् । त्यस्तै, पर्यटनसम्बन्धी ३७१ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् । यसैगरी, जिल्लामा ३५८ वटा सेवामूलक उद्योग स्थापना भएका र ती उद्योगमा ४४८ जना महिला र ८०४ जना पुरुष कार्यरत छन् । तर ऊर्जामूलक उद्योग भने जिल्लामा हालसम्म एउटा मात्र स्थापना भएको छ जसमा १५ जना पुरुष मात्र कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप