बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

डुङगा दुर्घटनामा मर्नेको सङ्ख्या १० पुग्यो

शनिबार, २२ माघ २०७३, ०८ : १६
शनिबार, २२ माघ २०७३
जाकर्ता - इन्डोनेसियाको दक्षिण सुलावेसी प्रदेशमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । डुङ्गामा १९ जना यात्रु रहेकोमा १० जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले शनिवार जनाएको छ । टाकालार जिल्लाको माकास्सार स्ट्रीटमा भएको दुर्घटना मृत्यु भएकाहरुको शव भेटिएको सो कार्यालयका प्रमुख एच अलाम्स्याहले जानकारी दिए । “अत्याधिक वेगका साथ आएको छालका कारण डुङगा दुर्घटना भएकोले हराएकाहरुको सुरक्षामर्की र अन्य उद्धाकर्मीद्वारा खोजीकार्यमा भइरहेको छ,” उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप