बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रथम महिलाको निधनमा ब्राजिलमा शोकको घोषणा

शनिबार, २२ माघ २०७३, १० : ३०
शनिबार, २२ माघ २०७३

रियो दि जेनेरियो – ब्राजिलकी पूर्वप्रथम महिला मरिसा लेटिकिआ लुला दा सिल्भाको निधनमा ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

राष्ट्रपति मिचेल टेमरले पुर्वराष्ट्रपति लुइज इनाकिओ लुला दा सिल्भाकी श्रीमतीको निधनमा शुक्रबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । उनको शुक्रबार नै निधन भएको थियो ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तीमा पनि उनको मस्तीष्कले लामो समयदेखि काम नगरेको उल्लेख गरिएको छ । उनी ६६ वर्षकी थिइन् भने चार जना छोरा छन् ।

राष्ट्रपति टेमरले पूर्वराष्ट्रपति लुलालाई भेटेर सहानुभुती व्यक्त गरेका छन् । स्वर्गिय मरिसाको अन्त्यष्टीको कार्यक्रम अहिलेसम्म एकिन भइनसकेको पनि बताइएको छ ।

स्वर्गिय मरिसा इटालीको आप्रवासी गरिव परिवारमा जन्मेकी थिइन् । उनले सुरुमा नौं वर्षकै उमेरमा धनी परिवारको घरमा बालबच्चा स्याहारसुसार गर्ने काम गरेकी थिइन् ।

लुलालाई पहिलो पटक भेट्दा उनी विधवा भइसकेकी थिइन् । उनको पहिलो श्रीमान् ट्याक्सी चालक थिए । पहिलो पटक गर्भवती भएका बेला उनका पहिलो श्रीमान्को मृत्यु भएको थियो । त्यसपछि उनले लुलासँग सन् १९७४मा विबाह गरेकी थिइन् । लुलातर्फ उनको थप तीन जना छोराहरु रहेका छन् ।

सन् १९७० को दशकमा उनी वर्कर्स पार्टीको सदस्यका रुपमा मजदुर आन्दोलन र राजनीतिमा सक्रिय भइन् । ब्राजिलमा उनी निकै चतुर प्रथम महिलाको रुपमा परिचित थिइन् । उनी अन्तर्वार्ता दिन र चर्चामा आउन मन नपराउने व्यक्ति थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप