बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओलीको राष्ट्रियताको सुकेको खुट्टी महाकालीमा लडबडाइरहेको छ – वाइसिएल

शनिबार, २२ माघ २०७३, १३ : ४०
शनिबार, २२ माघ २०७३

काठमाडौँ – वाईसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा ‘दीपशिखा’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताको खुट्टी वाईसिएललाई थाहा भएको बताएका छन् ।

शनिबार कास्की वाईसिएलको एकता भेलामा बोल्दै महासचिव दीपशिखाले एमाले अध्यक्ष ओलीको महाकालीमा सुकेको खुट्टी लडबडाइरहेको बताएका हुन् ।

भेलालाई संबोधन गर्दै उनले भने– वाईसिएलाई ओली कामरेडको राष्ट्रियताको खुट्टी कत्रो छ , त्यो थाहा छ । उनले अघि भने – राष्ट्रियताको दुहाई दिने ओलीको महाकालीमा सुकेको खुट्टी लडबडाईरहेको छ ।’

‘बिजुली, जनताको बाटो, धारो र विकास खाने एमाले लुटेरा की जनताको सेवा र सुरक्षामा अहोरात्र खटिने वाईसिएल ? जनताको विकास खाने एमालेले वाइसियललाई लुृटेरा भन्नु कहाँ सम्म जायज हो ?,’ उनले प्रश्न गरे ।

उनले वाईसिएल अब सात डिभिजनमा परिणत हुने र जनताको सेवक बन्ने भन्दै एमालले यसमा टाउको नदुखाउन चुनौती दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप