बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गजल सङ्ग्रह ‘आरन’ विमोचन

शनिबार, २२ माघ २०७३, ०८ : ४६
शनिबार, २२ माघ २०७३

काठमाडौँ – अमला अधिकारीको गजल सङ्ग्रह ‘आरन’ आज राजधानीमा विमचन गरिएको छ । गजलकार शितल कादिम्वीनी, रुपक वन्वासे, रावत, आरनका लेखक अमला अधिकारी र शिखा बुक्सका प्रकाशकले सामूहिक रुपमा विमोचन गरेका हुन ।

किताबमाथि छलफलको क्रममा शितल कादम्बिनीले भनिन्, ‘अमलाका गजलले सत्तरीको दशकमा मात्रै के कुरा वषौँ वर्षसम्म प्रभाव छोड्न सक्छन् । गजलमा गाउँ, खेती किसानी र महिलाका पीडा लेखिएको हुनाले हाम्रो जीवनकै छेउकुनाबाट टिपिएका हुन् । कादम्बिनीले थपिन्, ‘अमलाको आफ्नै सिग्नेचर छ गजलमा । उनका गजलले नेपाली साहित्यमा नयाँ आयाम थपेको छ ।’

छलफलमा सहभागी अर्का गजलकार रुपक बनवासीले भने, ‘अमलाका गजल देखेर ईश्या लाग्छ । यो मैले किन नलेखेको हुँला । यिनका गजलले नयाँखाले गजलको धार निर्माण गरेका छन् । सामाजिक विषय र सूक्तिमय शैलीले गर्दा यिनका गजलको प्रभाव छुट्टै छ । नारीहरुमध्ये उत्कृष्ठ भन्यो भने पनि अत्युक्ति हुुँदैन ।’ गजल परम्परामा अग्रजको योगदान नभुल्ने हो भने यस अघिका राम्रा नारी हस्ताक्षरका माझमा अमला अझै उत्कृष्ट गजल साथ आएकी छन् ।’ वनबासीले थपे, ‘यिनका गजलको प्रभाव छुट्टै छ ।’ वनबासीले थपे, ‘यिनका गजलले भावको व्यापकता ओगटेको छ ।’

शिखा बुक्सले प्रकाशन गरेको ‘आरन’ को मूल्य १७१ रहेको छ । प्रकाशक पुष्पराज पौडेलले भने, ‘राम्रो लेख्ने लेखकले पहुँचको पछि नलागी सिधै हामीलाई सम्पर्क गर्नु होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप