बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मापसे गरेका श्रीमान्को कुटाईबाट श्रीमतीको मृत्यु

शनिबार, २२ माघ २०७३, १० : ४९
शनिबार, २२ माघ २०७३
कैलाली– धनगढी उपमहानगरपालिका–२ सौराह स्थित लक्ष्मण खड्काको घरमा डेरा गरी बस्ने ३० बर्षीया लक्ष्मी भण्डारीलाई निजको श्रीमान् पर्शुराम भण्डारीले कुटपिट गर्दा मृत्यु भएको छ । पर्शुराम भण्डारीले शनिबार मादक पदार्थ सेवन गरी सामान्य बिबादका कारण कुटपिट गर्दा घाइते भएकी भण्डारीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसैबिच धनकुटाको बुधबारे स्थित घुमाउने सामुदायिक बनमा लोड गरेको अवस्थामा २ थान भरुवा बन्दुक फेला परेको छ । शुक्रवार बेवारिसे अवस्थामा फेला परेको बन्दुक प्रहरीले बदामद गरेको छ । उक्त जंगल क्षेत्रमा चोरी सिकारी गर्ने उदेश्यले ७/८ जना मानिसहरु गईरहेको भन्ने सुचनाका आधारमा प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरी जंगल सर्च गर्न पुगेको थियो । प्रहरीलाई देखेपछि शिकारी फरार भएका थिए । चोरी सिकारी गर्ने उदेश्यले आएका मनिसहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप