मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किर्तिमान बनाउन बेमौसममा सगरमाथाको शिखरतर्फ स्पेनी नागरिक

शनिबार, २२ माघ २०७३, २२ : १८
शनिबार, २२ माघ २०७३

सोलुखुम्बु - भारी हिमपात र मध्य चिसोका बीच सगरमाथा चुमेर नयाँ रेकर्ड कायम गर्न भन्दै स्पेनियाली नागरिक त्यसतर्फ लागेका छन् ।

स्पेनका जोन एलेन्ज्ड चिकन अहिले सगरमाथाको क्याम्प–४ मा पुगिसकेका छन् । सेभेन समिट एक्पिडिसनमार्फत उनीसँगै गएका अर्का स्पेनिस नागरिक कार्लोस भने क्याम्प–३ पुगेपछि बिरामी परेका कारण काठमाडौँ फर्किएका थिए ।

विन्टर अर्थात् चिसो मौसम सगरमाथा आरोहणका लागि प्रतिकूल समय मानिन्छ । भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण खतरनाक मानिन्छ । छोटो समयमा बेमौसममा सगरमाथा आरोहण गरी नयाँ रेकर्ड बनाउन उनी सगरमाथा आरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिए ।

जोनले आगामी फेबु्रअरी १४ अर्थात् फागुनको ३ गते सगरमाथाको चुचुरो चुम्ने योजना रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी नाम्चेले जनाएको छ ।

क्याम्प–४ मै बसेर आफूलाई मौसम अनुकूल बनाएर जोनले सगरमाथाको दक्षिणी मोहोडाबाट शिखर चुम्ने योजना छ । उनीसँगै सेभेन समिटबाट आएका शेर्पा सहयोगी र आइसफल डक्टरहरु लिएर उनी आधार शिविरबाट उकालो लागेको बताइएको छ ।

बेमौसममा आङ्रिता शेर्पासहित धेरै नेपालीले सगरमाथा आरोहण गरिसकेको भन्दै जोनको आरोहण साहसिकमात्रै हुने सगरमाथा आरोही सङ्घका अध्यक्ष आङ्मायाँ शेर्पाले बताए ।

उनकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा आएका पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईको गत पुस २७ गते आधारशिविर नजिकै हाई अल्टिच्युड सिकनेस ९लेक लाग्ने० का कारण मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप