बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आँधीले स्टेडियम भत्काएपछि रियलको खेल स्थगित, बार्सिलोनाले दुरी घटायो

आइतबार, २३ माघ २०७३, ०९ : ३४
आइतबार, २३ माघ २०७३

म्याड्रिड – आँधीका कारण रियो अल्टो बालाइडोस स्टेडियम भत्काएपछि रियल म्याड्रिड र सेल्टा भिगोबीचको खेल स्थगित भएको छ ।

त्यस्तै, छिमेकरी डिर्पोटिभो ला कोरुना र रियल बेटिसको खेल पनि स्टेडियममा क्षति पुगेपछि स्थगित गर्नुपरेको छ ।

भिगोका मेयर अबेल काबालेरोले दुवै स्टेडियमको मर्मत शुरु गर्ने बताए पनि आइतबार खेल हुन नसक्ने बताए ।

उता, बार्सिलोनाले भने एथ्लेटिक बिल्बाओमाथि ३–० को सहज जित निकाल्दै शीर्ष स्थानमा रहेको रियलसँगको दुरी १ अंकमा झारेको छ ।

पाओलो अल्कासेरले बार्सिलोनाका लागि पहिलो ला लिगा गोल गर्दै अग्रता दिलाए ।

खेलको ४० औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै लियोनेल मेस्सीले बार्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा कयौँ खेलाडीहरुलाई छलाउँदै एलेक्सिस भिडालले अर्को गोल थपे ।

योसँगै बार्सिलोना यस सिजन १ सय गोल पूरा गर्ने पहिलो टोली बनेको ।

२१ खेलबाट बार्सिलोनाको ४५ अंक रहेको छ । शीर्ष स्थानमा रहेको रियलले २ खेल कम खेलेको छ ।

उता, एथ्लेटिको म्याड्रिडले लेगानेसलाई २–० ले पराजित गर्यो भने भ्यालेन्सिया इबारसँग ४–० ले स्तब्ध बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप