बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा अनौठो किर्तिमान : साढे ३ वर्षपछि रोडवेलको पहिलो जीत

आइतबार, २३ माघ २०७३, ०९ : ५१
आइतबार, २३ माघ २०७३

लण्डन – ज्याक रोडवेलले आफूले शुरुवात गरेको प्रिमियर लिगको खेल १ हजार ३ सय ७० दिनपछि पहिलो पटक जितेका छन् ।

२५ वर्षीय सण्डरल्याण्डका मिडफिल्डरले क्रिस्टिल प्यालेलाई ४–० हराउँदा टोलीमा समावेश थिए ।

यसअघि ३ वर्ष ८ महिना २९ दिन पहिले म्यान्चेस्टर सिटीले खेल जित्दा उनी टोलीमा समावेश थिए । सन् २०१३ को मे ७ मा सिटीले वेट ब्रोमलाई हराएको थियो ।

त्यसयता उनले खेलेको ३९ खेलमा उनको टोली पराजित भएको थियो ।

तर, हिजोको खेलमा उनी घाइते हुँदै हाफटाइममा मैदान छाड्न परेको थियो ।

सन् २०१४को अगस्तमा उनी सन्डरल्याण्ड आएका थिए ।

त्यसयता उनले शुरुवात गरेको कप प्रतियोगिताका खेलमा मात्र जित हासिल गरेका थिए ।

यसअघि यो किर्तिमान डर्बीका ड्यारेन मुर र केनी मिलर तथा एस्टन भिल्लका एलान हटनको नाममा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप