बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोर्चाका नेतालाई देउवाको निम्ता

आइतबार, २३ माघ २०७३, ११ : ५०
आइतबार, २३ माघ २०७३

काठमाडौ –संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै चुनाव भन्दै आएको मधेसी मोर्चा र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज छलफल हुदै छ ।

वार्ताका मोर्चाका नेताहरुलाई सभापति देउवाले आज दिउँसो ३ वजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।

सरकारले स्थानीय निर्वाचनको तयारी थालेपछि आक्रोशित बनेको मधेसी मोर्चाले यथास्थितिमा चुनाव गरे बहिस्कार र सशक्त आन्दोलन गर्ने बताउदै आएको छ ।

उसले यहि स्थितिमा सरकारले चुनाव गराए द्वन्द्व हुने निश्कर्ष समेत निकालेको छ । त्यस्तै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतावनी दिएको मोर्चालाई फकाउन देउवाले आफ्नै निवासमा बोलाएका हुन् ।

सरकारले बिहीबार निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न पत्र पठाएपछि शुक्रबार प्रधानमन्त्रीले मोर्चासंग छलफल गरेपनि मोर्चाले आफ्नो अडान नत्यागेपछि सहमति जुट्न सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप