बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बगुवाका कृषक

आइतबार, २३ माघ २०७३, ०८ : ०९
आइतबार, २३ माघ २०७३

मेलम्ची - स्थानीय बगुवा क्षेत्रका कृषक व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।

पारिवारिक गर्जो टार्न मात्र तरकारीखेती गर्दै कृषक अहिले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि मनग्य आम्दानी लिन सफल भएका हुन् । उनीहरुले काउली, आलु, बन्दाकोपी, गोलभेँडालगायतका तरकारी उब्जाएर नजिकैको मेलम्ची बजारमा बिक्री गर्दै आएका छन् ।

आफ्नो घरको गुजारा चलाउन मात्र तरकारीखेती गर्दै आउनुभएका यहाँका कृषक तुलाराम दाहालले विगत सात वर्षदेखि तरकारी खेतीलाई व्यावसायिककरण गर्दै त्यसमै समय बिताउने गर्छन्।

व्यावसायिक रुपमा तरकारीखेतीबाट राम्रो आयआर्जन भएको सुनेपछि आफूलाई पनि यसमा हौसला मिलेको उनले बताए ।

आफ्नो करिब १० रोपनी जग्गामध्ये सात रोपनीमा तरकारीखेती गर्ने गरेको र बाँकी जमिनमा धान रोप्ने गरेको कृषक तुलाराम दाहालको भनाइ छ । उनले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको जानकारी दिए ।

तरकारी खेतीले फेरिएको जीवनसँगै उनले भने । “धुलाम्य तथा जीर्ण सडको कारणले खेतीमा केही चुनौती थपिएको गुनासो गरे ।

मौसमी तथा बेमौसमी दुई प्रकारका खेती लगाउने गरेका अर्का कृषक हेमराज खतिवडा पनि उत्पादित तरकारी बजारमा मागअनुसार निर्यात हुन थालेपछि आफूले व्यावसायिक रुपमै तरकारीखेती गर्दैआएको बताउँछन् ।

गतवर्ष गोलभेँडा, काउली, बन्दा, आलुलगायतका तरकारी उत्पादन गरी रु पाँच लाख भन्दा बढी आम्दानी भएको र यसवर्ष तरकारी दूधबाट रु सात लाख आम्दानी कृषक खतिवडाको भनाइ छ ।

यहाँ उत्पदित तरकारी स्थानीय बजारमा मात्र नभएर उपत्यकामा पनि निर्यात हुने गरेको छ ।

समय समयमा जिल्ला कृषि विकास कार्यालयले दिने तालिम र तरकारीको प्रदर्शनीले पनि कृषकहरु व्यावसायिक हुन हौसिएका हुन् ।

कृषकको आवश्कताअनुसार कृषि सम्बन्धी उपकरण तथा बिउ बिजन उपलब्ध गराउँदै आएको कार्यालयका वरिष्ठ कृषि अधिकृत हिक्मतकुमार श्रेष्ठ बताउँछन् ।

विगत १० वर्षदेखि मेलम्ची नगरपालिकाको बगुवा तरकारीखेतीको लागि उत्कृष्ट रहदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप