बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा पठाइयो

आइतबार, २३ माघ २०७३, १६ : १०
आइतबार, २३ माघ २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद्ले ‘बोनस (पाँचौ संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि अर्थ समितिमा पठाएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो ।

यस्तै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३ लाई पनि सदनले पारित गरेको छ ।

यसअघि सांसद प्रेम सुवालले उक्त विधेयकले सरकारको दायित्व र लगानीलाई कम गर्दै निजी क्षेत्रलाई बढावा दिने भएकाले यसलाई फिर्ता लिन आग्रह गरेका थिए ।

सांसद सुवालले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले जनाएको प्रतिवद्धता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको बताए ।

त्यस्तै बैठकमा संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीको तर्फबाट समिति सदस्य मानबहादुर विकले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन, २०७२/२०७३ लाई प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप