बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेत्री आयशाको सेल्फीमा हाँस्य कलाकार विल्सन, खुल्यो यस्तो रहस्य

आइतबार, २३ माघ २०७३, १७ : ४३
आइतबार, २३ माघ २०७३

काठमाडौ - बलिउड अभिनेत्री आयशा टाकियाको सेल्फी तस्बिरमा नेपाली हाँस्य कलाकार विल्सन बिक्रम राई देखिएका छन् । आयशाले हालै आफ्नो इस्टाग्राम मार्फत सार्वजनिक गरिएको सेल्फीमा विल्सन देखिएका हुन् ।

तस्बिरमा विल्सन चाइनीज बाबा बनेका छन् । तस्बिरको क्याप्सनमा आयशाले विल्सनसँग भनेर उल्लेख समेत गरेकी छन् ।

आयशाले चलचित्र वान्टेट र जान्हवीमा बलिउड स्टार अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छन् ।

सार्वजनिक सेल्फी विल्सन एक बलिउड चलचित्र अभिनय गर्दा खिचिएको हो । चलचित्रको नाम अहिले गोप्य राखिएको छ । १५ सिनका लागि अनुबन्धित अभिनेता विल्सन चलचित्र सकाएर हालै स्वदेश फर्किएका छन् ।

विल्सन सानोपर्दाको हाँस्य श्रृखला मेरी बास्सै अभिनय पछि चर्चामा छाएका हुन् । उनको यो पहिलो बलिउड फड्को हो ।

नाम अहिले गोप्य राखिएको चलचित्रमा उनले बलिउड अभिनेत्री आयशा टाकियासँग स्क्रिन शेयर गरेका छन् ।

१५ सिनका लागि छनौटमा परेका विल्सनले चलचित्रको पुरै सिन आयशासँग दिएका छन् । प्रत्येक सिनमा उनले ढाकान टोपी लगाएर दृश्य दिएको केही अगाडि सार्वजनिक गरेका थिए ।

चलचित्रमा आयशा र विल्सनको अलवा सुप्रिया पिलजंकर, निल भुपालान लगायत कलाकारको समेत अभिनय रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप