बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

३७ जना बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

आइतबार, २३ माघ २०७३, १८ : ०९
आइतबार, २३ माघ २०७३

काठमाडौँ – अवैध रुपमा काम गर्दै आएका ३७ बंगलादेशी नागरिकहरु काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् ।

त्यहाँ स्थित लत्ताकपडा कारखानामा काम गर्ने उनीहरुसँग नागरिकता–पासपोर्ट लगायतका कागजात नरहेको प्रहरीले बताएको छ ।

आइतबार महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बृत्तका डिएसपी सोमेन्द्र राठौरले भने, ‘हामीले पाँच सयदेखि ७ सय जना बंगलादेशी नागरिक गैरकानुनी रुपमा बसेको सूचना पाएका थियौँ । त्यसको आधारमा आज हामीले कारवाही गरेका हौँ ।’

राठौरका अनुसार उनीहरु बंगलादेशबाट कलकत्ता हुँदै झापाबाट काठमाडौँसम्म आइपुगेका हुन् ।

बंगलादेशी नागरिकहरुलाई युरोपमा सजिलै भिसा नदिने हुँदा उनीहरु नेपाल आएर यहाँको दलालमार्फत नक्कली पासपोर्ट बनाएर युरोपसम्म पुग्ने गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरु दुरुस्तै नेपाली बोल्न सक्नेछन् । जसले उनीहरु लामो समयदेखि यहाँ बस्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरुलाई अध्यागमन विभाग बुझाउने प्रहरीले तयारी गरेको छ ।

हाल नेपालमा ५ देखि ७ हजारसम्म बंगलादेशी नागरिक गैरकानुनी रुपमा काम गर्दै आएको प्रहरीको अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप