बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आठ वर्षसम्म बधशाला सञ्चालनमा आएन

आइतबार, २३ माघ २०७३, ०८ : ४७
आइतबार, २३ माघ २०७३

रुपन्देही - उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन बुटवलमा बधशाल स्थापना गर्न ८ वर्षपहिले सम्झौता भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन् ।

विसं २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा सम्झौता भएको थियो, पशु सेवा निर्देशनालय र बुटवल उपमहानगरपालिकाको समन्वय नहुँदा बुटवलमा निर्माण भएको पशु बधशाला अलपत्र परेको हो । दुई निकाय र व्यवसायीको साझेदारीमा बधशाला सञ्चालन गर्ने भनिए अझै सञ्चालन आउन सकेको छैन ।

बुटवल–१२ रामनगरस्थित धागो कारखानानजिक तीन वर्ष अघि उक्त बधशाला निर्माण भए पनि सञ्चालनमा नल्याउँदा पर्खाल भत्किएको छ भने कम्पाउन्ड गौचरनमा परितण भएको छ । उक्त बधशाला २२ रोपनी क्षेत्रफलमा निर्माण भएको नगरपालिका इन्जिनियर सुमन श्रेष्ठले बताउनुभयो । क्षेत्रीय पशुसेवा निर्देशनालय र बुटवल उपमहानगरपालिकाको उपकरणबाहेक झन्डै पाँच करोडको लगानीमा ०७१ जेठमा बधशाला निर्माण भएको थियो ।

पशु बध गर्दा चाहिने करिव रु ६० लाखका उपकरण खरिद गरिएको छ । सञ्चालनको दायित्व पाएको बुटवल उपमहानगरपालिकाको बेवास्ताले बधशाला अलपत्र परेको मासु व्यवसायीको आरोप छ । मासु व्यवसायीले उपमहानगरपालिकाले सञ्चालन गर्न नसके आफूहरुलाई सञ्चालन अनुमति दिन माग गरेको मासु व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कृष्ण पौडेलले बताए ।

बधशाला नभएका कारण बुटवलमा दैनिक बिक्री हुने मासुमध्ये ७५ प्रतिशत अस्वस्थकर रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा विनयकुमार कर्णको दाबी छ ।

उहाँले साझेदारी गर्नुपर्ने नगरपालिकाले बजेट विनियोजन नगर्दा काम अघि नबढेको बताउनुभयो भने बुटवल नगरपालिका प्रमुख रामलाल श्रेष्ठले भैतिक संरचना तयार भए पनि बध गर्नको केही यन्त्र खरिद गर्न बजेट अभाव भएको बताए । मासु व्यवसायीका अनुसार बुटवलमा मात्रै दैनिक तीन सय खसी, तीन हजार कुखुरा, ५५ वटा राँगा–भँैसी, सात बङ्गुर तथा सात सय किलो माछा बध गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप