बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिजसले जोगाए सिटीलाई, विवादास्पद खेलमा युनाइटेड विजयी

सोमबार, २४ माघ २०७३, ०९ : ४३
सोमबार, २४ माघ २०७३

म्यान्चेस्टर – ग्याब्रियल जिजसले इन्जुरी समयमा गोल गरेपछि म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ गोलअन्तरले हराएको छ ।

खेलको ११ औँ मिनेटमा गोल गर्दै ब्राजिलियन स्ट्राइकरले सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा सिटीले पकड बनाए पनि गोल भने गर्न सकेन ।

खेलको दोस्रो हाफमा भने पाहुना टोलीले सुधारिएको खेल प्रदर्शन गरेको थियो । जिल्फी सिगर्डसनले खेलको ८१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

अर्को निरासजनक ड्रतर्फ अघि बढिरहेको खेलमा जिजसले इन्जुरी समयमा अर्को गोल गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

पालमेरियासबाट २७ मिलियन पाउण्डमा सिटी आएका जिजसले पछिल्ला २ खेलमा ३ गोल गरेका छन् ।

२४ खेलबाट सिटीको ४९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

उता, निकै विवादास्पद बनेको खेलमा म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ ।

युनाइटेडका हुवान माटाले जेमी भार्डीलाई लडाएपछि रातो कार्ड पाउनुपर्नेमा उनी जोगिएका थिए ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर तिर दुई मिनेटको अन्तरालमा युनाइटेडले दुई गोल गरेको थियो । हेनेरिक मिखेतारिन र ज्लाटान इब्राहिमोविचले एक–एक गोल गर्दै युनाइटेडलाई सहज अग्रता दिलाए ।

इब्राहिमोविचको यो १५ औँ प्रमियर लिग गोल हो ।

खेलको दोस्रो हाफमा माटाले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे ।

पछिल्ला १५ खेलमा युनाइटेड अपराजित रहँदै आएको छ ।

जीतसँगै युनाइटेड ४५ अंकसहित लिगको छैटौँ स्थानमा रहेको छ ।

उता, डिफेन्डिङ च्याम्प्यिन लेस्टर रेलिगेसन क्षेत्रभन्दा १ अंकले मात्र माथि रहेको छ । नयाँ वर्षको शुरुवातसँगै पछिल्ला ५ खेलमा लेस्टरले एक पनि गोल गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप