बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको नाममा अर्को किर्तिमान

सोमबार, २४ माघ २०७३, ०९ : ५९
सोमबार, २४ माघ २०७३

बार्सिलोना – लियोनेल मेस्सीले बार्सिलोनाको लागि अर्को किर्तिमान तोड्दै क्लबका लागि फ्रिकिकबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

एथ्लेटिक बिल्बाओविरुद्ध फ्रिकिक मार्फत गोल गर्दै रोनाल्ड कोमानको २६ गोलको किर्तिमान तोडेका हुन् ।

शनिबार भएको खेलमा बार्सिलोना १–० ले अगाडि रहेको अवस्थामा ५ पटकका बालोन डि’ओर विजेता खेलाडीले फ्रिकिकमार्फत गोल गरेका थिए ।

फ्रिकिकमार्फ उनको यो २७ औँ गोल थियो ।

गत जनवरीमा एथ्लेटिकविरुद्ध कोपा डेलरेमा फ्रिकिक मार्फत गोल गर्दै मेस्सीले कोमानको किर्तिमान बराबरी गरेका थिए ।

हाल एभर्टनका प्रशिक्षक रहेका कोमानले सामाजिक सञ्जालबाट मेस्सीलाई बधाई दिएका थिए ।

सो खेलमा एलेक्सिस भिडालले गोल गर्दै यो सिजन बार्सिलोनाको १ सयौँ गोल पनि पूरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप