बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यामरुन बन्यो अफ्रिकी च्याम्पियन

सोमबार, २४ माघ २०७३, १० : १०
सोमबार, २४ माघ २०७३

गाबोन – एक गोलले पछि परेको स्थिति उल्टाउँदै क्यामरुनले इजिप्टलाई २–१ गोलले हराउँदै पाँचौ पटक अफ्रिका कप अफ नेसनसको उपाधि उचालेको छ ।

खेलको २२ औँ मिनेटमा मोहमद इल्नेनीको गोलको मद्दतले इजिप्टले अग्रता लिए पनि खेलको दोस्रो हाफमा निकोलास एनकोउलुले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी छँदा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका भिन्सेन्ट अबुबकारले गोल गर्दै क्यामरुनलाई विजयी गराए । क्यामरुन १५ वर्षपछि अफ्रिकी च्याम्पियन बनेको हो । योसँगै क्यामरुन प्रतियोगिताको दोस्रो सफल राष्ट्र पनि बनेको छ ।

यो प्रतियोगिता सबैभन्दा धेरै पटक इजिप्टले जितेको छ ।

प्रतियोगिताको अन्डरडग मानिएको क्यामरुनले सशक्त मानिएको घानालाई पन्छाउँदै फाइनलसम्म पुगेको थियो ।

उता, ७ वर्षपछि आठौँ पटक उपाधि जित्ने होडमा रहेको इजिप्टको सपना पनि चुँडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप