बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कालीकोटमा १६ राजनीतिक दल दर्ता

सोमबार, २४ माघ २०७३, ०८ : ०५
सोमबार, २४ माघ २०७३

कालीकोट - जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताएका छन् ।

संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नयाँ दर्ता भएको र समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र देशभक्त पार्टीले अधुरो प्रक्रियामा आएकाले फिर्ता पठाइएको बताउँदै निमित्त प्रमुख रावलले १६ वटा राजनीतिक दलको विवरण आयोगमा पठाएको बताए ।

उनले निर्वाचन आयोगको निर्देशनअनुसार सूचना जारी गर्दा जिल्लामा क्रियाशील दलले मात्र जिल्ला निर्वाचन कार्यालय, कालीकोटमा दल दर्ता गरेको बताएका हुन् ।

दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा नेपाल, मधेसी जनाधिकार लोकतान्त्रिक पार्टीलगायतका दल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप