बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इलामको चिसापानीमा जलेर वृद्धको मृत्यु

सोमबार, २४ माघ २०७३, १० : ०१
सोमबार, २४ माघ २०७३

इलाम - इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।

चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।

घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप