बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान संशोधन हाम्रो प्राथमिकता : उपप्रधानमन्त्री निधि

सोमबार, २४ माघ २०७३, १० : २४
सोमबार, २४ माघ २०७३

गौशाला - उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए ।

उनले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गरे ।

गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रष्टाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप