बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महिलालाई नेतृत्व तहमा लान पुरुषले सघाउनुपर्ने

सोमबार, २४ माघ २०७३, ०८ : ५७
सोमबार, २४ माघ २०७३

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको हुँदा सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गरेका छन् ।

उक्त पार्टीका सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले नारी शक्तिको उच्च सम्मान गर्दै उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्दछ भने ।

सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

केन्द्रका अध्यक्ष विष्णुदेवी पुडासैनीले नारी र पुरुष बराबरीको भावनाका साथ नेतृत्व तहमा पुर्याउने कार्यमा हातेमालो हुन आवश्यक छ भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप