बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसनिकट सांस्कृतिक सङ्घको महाधिवेशन : निर्वाचन प्रक्रिया अन्योलमा

सोमबार, २४ माघ २०७३, १७ : २४
सोमबार, २४ माघ २०७३
काठमाडौँ - नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । माघ २१ गते उद्घाटन भएको महाधिवेशन २२ गते बन्दसत्र र २३ गते मतदान हुनुपर्नेमा प्रतिनिधि विवाद र सहमतीय प्रणालीमा जान खोजेपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । आठ सय ६१ प्रतिनिधि रहेको सो महाधिवेशनमा निर्वाचन अन्योलमा परेका कारण आधाजसो प्रतिनिधि जिल्ला फर्केको महाधिवेशन प्रतिनिधि दुर्गा रायमाझीले राससलाई जानकारी दिए । सांस्कृतिक सङ्घभित्र देखिएको विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदको संयोजकत्वमा प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । निर्देशन समितिका सदस्य पौडेलले निर्वाचनबारे टुङ्गो लगाउन समितिको बैठक बसिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप