बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र बिमस्टेका महासचिव नाकान्दालाबीच भेट

सोमबार, २४ माघ २०७३, १७ : ४२
सोमबार, २४ माघ २०७३

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमस्टेक बैठकको तयारीलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले बिमस्टेकका महासचिव सुमित नाकान्दालासँग आफनै सरकारी निवास बालुवाटारमा भेट गरी सन् २०१७ मा नेपालमा सम्पन्न हुने विमस्टेक सम्मेलनको तयारीका विषयमा छलफल गरेका हुन् ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले विमस्टेकको आगामी बैठकमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालले खाडी मुलुकहरुको आर्थिक तथा प्राविधिक क्षेत्रको विकासमा जोड दिने बताएका थिए ।

विमस्टेकको आगामी सम्मेलनका विषयमा प्रधानमन्त्री र विमस्टेकका महासचिव सुमितबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए ।

उनले प्रधानमन्त्रीले विमस्टेक क्षेत्रको आर्थिक उन्नतिका विविध विषयमा चर्चा गर्नु भएको पनि बताए ।

भेटवार्तामा महासचिव सुमितले नेपालको लुम्विनी क्षेत्रको विकासमा आफूले सक्दो सहमति गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

महासचिव सुमित बिम्स्टेकको संयुक्त कार्यदलको बैठकमा भाग लिन नेपाल आएका थिए । बिमस्टेकले सदस्य राष्ट्रहरुबीच गरिवी निवारण, व्यापार तथा लगानी, यातायात, संचार, उर्जा, पर्यटन आतंकवाद नियन्त्रण, जलवायु परिवर्तनलगायतका विषयहरुमा साझा धारणा तय गर्ने लक्ष्य बनाएको छ ।

बिम्स्टेकमा नेपाल, बंगलादेश, भारत, म्यान्मा, थाईल्यान्ड र श्रीलंका सदस्य राष्ट्र रहेका छन् । बिम्स्टेक दक्षिण तथा दक्षिण एशीयाली मुलुकहरुको उपक्षेत्रीय संगठन हो । यसको स्थापना सन् १९९७ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप