बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतको रेल्वे ट्रयाकमा बम विष्फोट गराउने कमाण्डर नेपालमा पक्राउ (भिडियो)

मङ्गलबार, २५ माघ २०७३, ११ : ५०
मङ्गलबार, २५ माघ २०७३

वीरगञ्ज– नेपाल भारत सिमा स्थित बारा जिल्लासँग सिमाना जोडिएको घोडासन रेल्वे ट्रयाकमा बम विष्फोट गराउने समसुल होदालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको महाराजगञ्जमा लुकिछिपी बसेको अवस्थामा होदालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ ।

बारा पर्शुरामपुर–४ स्थायी घर भएका होदा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सभाषद्को उम्मेद्वार थिए । चुनवाको बेला खर्च भएको साँढे २ करोड ऋण तिर्न नसकेपछि आतंकबादी गतिवीधीमा लागेका होदाले गत अक्टोबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम विष्फोट गराउने असफल प्रयत्न गरेका थिए ।

गएको नोभेम्बर २० मा कानपुरको पुखराया नकिज गाराईएका विष्फोटमा समेत होदाको हात रहेको भारतीय पक्षले दावी गरेको थियो ।

चुनाव हारेपछी शुरुमा जाली नोटको कारोवार शुरु गरेका होदापछि बम विष्फोट गराउने कार्यमा संलग्न भएका थिए । पाकिस्तानी आईएसआईसँगको मिलेमतोमा बम विष्फोट गराउने कार्यमा संलग्न होदाले प्रहरीसँगको प्रराम्भिक बयानका क्रममा जाली नोट कारोवारमा खासै कमाई नभएकोले बम विष्फोटको योजना बनाएको बताएका छन् ।

जाली नोटको कारोवार गर्दागर्दै दुबईको आपराधिक गिरोसँग भेटेका होदाले केही भारतीय र नेपाली युवाहरु प्रयोग गरेर नेपाल भारत सिमानको रेल्वे ट्रयाकमा बम राख्न लगाएका थिए ।

यसरी खुल्यो कनेक्सन

गएको पुस १३ गते बाराको हरैया जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परे भारतका दिपक राम र अरुण राम । हत्या पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको निर्देशनमा गरिएको खुलेपछि नेपाली र भारतीय प्रहरीले घट्नाको कनेक्सन खोतल्न शुरु गरे ।

त्यहि क्रममा खुल्यो, नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका बाराको कलैया घर भएका सम्शुल होदाकै निर्देशनमा दिपक र अरुणको हत्या भएको खुल्यो । विगत लामो समयदेखी दुवई बस्दै आएका होदाले नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएको खुलेपछी नेपाल र भारतका प्रहरी उनको खोजिमा लागे ।

बाराको सीमासंग जोडिएको भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाइ नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाइ ६ लाख भारु पेश्कीका रुपमा दिएका थिए ।

उमाशंकरले रेल्वे ट्रयाकमा बम राख्नका लागि अह्राएर आदापुरका दिपक र अरुण रामलाइ जनही तीन तीन लाख भारु दिएका थिए । बम विस्फोटको योजना सफल भएपछि दिपक र अरुणलाइ कुल ३० लाख रुपैया भारु भुक्तानी गर्ने सम्झौता उनिहरु बिच भएको थियो । तर दिपक र अरुणले अक्टोबर १ तारिखका दिन रेल्वे ट्रयाकमा राखेको प्रेसर कुकर बममा प्राविधीक त्रुटी भएका कारण बम विस्फोट नभएपछि उनिहरुको योजना असफल भएको थियो ।

काम नभएपछि दिपक र अरुणलाइ बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैया नगरपालिका वडा नम्बर १० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न गिरी, अन्सारी र लड्डुलाइ नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गिरीलाइ नेपाल प्रहरी र विशेष ब्युरोको टोलीले पुष १५ गते पर्साको बिजबनिया गाविस वडा नम्बर ७ गढैया टोलबाट गोली हानेर पक्राउ गरेको थियो ।

प्रहरीले हानेको गोली लागेर घाइते भएका गिरीको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै पुष १४ गते पक्राउ परेका अन्सारी र लड्डुलाइ भने बारा प्रहरीले आफनो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका हरुको बयानका आधारमा प्रहरीले होदालाई नियन्त्रणमा लिएको हो ।

रेल्वे ट्रयाकमा बम राख्ने आपराधिक कार्यमा संलग्न भारतका तीन जनालाइ पनि भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि बिहारको मोतीहारीमा भारतीय प्रहरीले पत्रकार सम्मेलन गरि नेपाल र भारतमा पक्राउ परेका ६ जनाले आइएसआइका लागि आपराधिक काम गर्ने गरेको दावी गरेका थिए ।

आइएसआइको निर्देशनमा होदाले परिचालन गरेको समुहले भारत कानपुरको पुखाराया र मालसा रेल्व स्टेशनको बीचमा गत नोभेम्बर २० तारिखमा भएको इन्दौर पटना एक्सप्रेस रेलमा बम विस्फोट गराएको भारतीय सन्चार माध्यमले दावी गरेका छन् । उक्त घटनामा एक सय ५१ भन्दा बढिको मृत्यु भएको थियो ।

कानपुर रेल दुर्घटनामा आइएसआईको हात, मास्टरमाइन्ड नेपाली !

भारतमा रेल दुर्घटना, नेपालमाथि गम्भिर आरोप !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप