बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करसँग मिलेरै जो बनेका रहेछन् अर्बपति, आईजीपीलाई पनि खुवाउँथे पान !

मङ्गलबार, २५ माघ २०७३, १३ : ०६
मङ्गलबार, २५ माघ २०७३

काठमाडौँ – त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा १९ वर्षदेखि कार्यरत श्रीनारायण यादवलाई त्यहाँका कोठा–कोठा सबै थाहा छ । कर्मचारी प्रशासनमा भन्सारको ‘तथ्याङ्क अधिकृत’ खासै ठूलो दर्जा नभए पनि उनको उठबस भने ठूला ‘दर्जा’का सरकारी अधिकारीहरुसँग थियो ।

करिब दुई दशक एयरपोर्टमा बिताएका यादव कार्यालय जाँदा पानको पोकै बोकेर जान्थे । गुट्का, सुपारी उनको गोजीमा टुट्ने कुरै भएन् । एयरपोर्टका चल्दापुर्जा प्रहरी अफिसर र भन्सारका कर्मचारीलाई उनी रेगुलर जस्तै पान खुवाइरहन्थे ।

यादवले रेगुलर पान खुवाउने प्रहरी अफिसरमध्येका थिए प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री ।

एसएसपी खत्री विमानस्थल प्रहरीको सेकेन्ड म्यान थिए । १६ महिनाअघि एयरपोर्ट सरुवा भएका खत्री र यादवको चिनजान त्यसअघि थिएन ।

प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल काम विशेषले एयरपोर्ट पुग्दा श्रीनारायण उनलाई स्वागत गर्न पुगिहाल्थे । उपेन्द्रकान्त अर्यालसँग उनको राम्रो चिनजान थियो । एयरपोर्ट जाँदा यादवले कैयौँपटक अर्याललाई पान खुवाएको भन्सारका एक अधिकृत बताउँछन् ।

यसरी सामान्य तथ्याङ्क अधिकृतको जागिर खाए पनि उच्च तहका सरकारी अधिकारीसँग नजिक हुन सिपालु यादव वर्षैंदेखि सुन तस्करसँग मिलेर कमिसन खान्थे । तस्करहरुले विदेशबाट ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार क्रस गराउने जिम्मा लिएर कमिसन बापत मोटो रकम असुल्दै आएका यादव अहिले प्रहरी हिरासतमा छन् ।

गत पुस २१ गते दुबईबाट आएको साढे ३३ किलो सुन तस्करीमा मिलेमतो गरेको तथ्य खुलेसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सुन तस्करसँग मिलेरै अर्बपति

श्रीनारायण विमानस्थल भन्सारमा ‘पान खुवाउने अधिकृत’को रुपमा मात्र परिचित थिएनन् । समाजमा उनले अर्बपतिको छवि बनाएका थिए । ‘ललितपुर र काठमाडौँमा उनको दुईवटा भव्य महल छन्’ विमानस्थल भन्सारमा कार्यरत एक अधिकृत भन्छन्, ‘यादव हामीजस्तो सामान्य कर्मचारी हैन, अर्बपति भइसकेको थियो ।’

ललितपुर र काठमाडौँमा दुईवटा भव्य महल बनाएका यादवले केही समयअघि मात्र कोटेश्वरमा २४ आना जग्गा किनेका थिए । काठमाडौँको मुटु मानिने कोटेश्वरको जग्गा आनाको लाखौँ पर्छ ।

त्यत्ति मात्र कहाँ हो र ? उनले काभ्रेपलाञ्चोकमा ३०० रोपनी जग्गा किनेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । ललितपुर र काठमाडौंको दुईवटा घर भाडामा लगाएर यादव आजभोलि जडीबुटीको ‘रोज अपार्टमेन्ट’ मा बस्दै आएका थिए ।

‘रोज अपार्टमन्ेट’मा उनी कान्छी श्रीमतीसँग बस्थे, एयरपोर्टमा कर्मचारीको आवरणमा सुन तस्करी गर्थे 

एयरपोर्टको ‘एक्सरे मेसिन टेक्निसियन’ हुन् ‘राज’ अर्थात राजकुमार ढकाल । भक्तपुर स्थायी घर भएका ढकालले तस्करीको सुन एक्सरे मेसिनले देखाए पनि चुपचाप भन्सार क्रस गर्न सहयोग गरे अनि लाखौँ रकम कमिसन कुम्ल्याए ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार ढकालले काठमाडौंको जोरपाटीमा पाँच तले घर बनाएको खुलेको छ । ‘भक्तपुरमा सँगोलको घर छुट्टै छ’ सुन तस्करीबारे अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने, ‘जोरपाटीमा पाँचतले घर बनाएको देखिन्छ ।’

राजकुमार ढकाल पनि एयरपोर्टमा बसेको धेरै वर्ष भइसक्यो । ‘केही समयअघि ढकालको सरुवा भएको थियो’ भन्सारका एक कर्मचारी भन्छन्, ‘टेक्निसियनको दरबन्दी अन्यत्र नभएको भन्दै मन्त्रालयले फेरि उनलाई यहीँ पठाइदियो ।’

ढकाल पनि अहिले यादवसँगै प्रहरी हिरासतमा छन् । उनीहरु दुवैविरुद्ध ब्युरोले सङ्गठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका भन्सारका अर्का कर्मचारी हुन् श्याम श्रेष्ठ । नायव सुब्बा पदमा कार्यरत श्रेष्ठले सुन तस्करी गरेर अस्पताल नै खोलेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । भक्तपुरमा रहेको मध्यपुर ठिमी अस्पताल उनकै स्वामित्वमा रहेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

यादव–एसएसपी कनेक्सन

गत आइतबार प्रहरी प्रधान कार्यालमा थिए एसएसपी श्यामबहादुर खत्री । एयरपोर्टबाट प्रशासन विभागमा तानिएका खत्री भर्खरै जगेडापुलमा सरुवा भएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीसहितको प्रहरी टोली उनलाई खोज्दै हेड्क्वाटर पुगे । पहिले खत्रीको कार्यकक्षमा छिर्दा नभेटेपछि सीआईबीका डीएसपी प्रवीण पोखरेलले खत्रीलाई टेलिफोन गरेर सोधे, ‘तपाईं हामीसँगै सीआईबी जानुपर्नेभयो, कता हुनुहुन्छ ?’

श्रीनारायण यादवले नाम पोलेपछि हेड्क्वाटरबाट हिरासत पुगेका खत्रीसँग यादवको ठूलै हिमचिम रहेको सीआईबीले जनाएको छ ।

‘यादवसँग दर्जनौँ पटक फोन तथा अन्य माध्यमबाट खत्रीको सम्पर्क भएको देखिन्छ’ ब्युरो प्रमुख डीआईजी नवराज सिलवाल भन्छन्, ‘तथ्यका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ, यसमा संलग्न अन्य केही व्यक्तिको पहिचान खुलेको छ ।’

आईजीपी अर्याललाई जस्तै एसएसपी खत्रीलाई पनि यादवले पान खुवाउँथे । विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार श्रीनारायण खत्रीलाई बारम्बार फोन गरिरहन्थे ।

ट्राफिकले आफन्तको लाइसेन्स नियन्त्रणमा लिएको भन्दै छुटाउन आग्रह गर्नेदेखि विमनस्थलकै असईले थर्कायो । उसलाई सम्झाइदिनुपर्यो भन्नेसम्मको रेफर गर्दै उनी एसएसपी खत्रीलाई फोन गरिरहन्थे ।

यादवले सीआईबीका अनुसन्धान अधिकारीलाई ‘प्रहरी मिलाउँछु’ भन्दै एसएसपी खत्रीले आफूसँग सुन तस्करीको कमिसन लिने गरेको बयान दिएका छन् ।

यादव र खत्रीका बीचमा स्काइप र भाइबार मार्फतसमेत कुरा हुने गरेको डीआईजी सिलवालले जानकारी दिए ।

उच्च सुरक्षा अधिकारी शङ्काको घेरमा

सीआईबीले सुन तस्करसँग कनेसक्सन देखिएका ९ जनालाई हालसम्म नियन्त्रणमा लिइसकेको छ । एसएसपीको बर्दी खोलेर प्रहरी हिरासतमा पुगेका खत्रीसँगै अन्य केही सुराक्षा अधिकारीसमेत तानिन सक्ने सीआईबी स्रोतले जनाएको छ ।

अमेरिकाको डीभी परेका एसपी प्रमोद खरेलले केही समयअघि मात्रै प्रहरी सेवाबाट राजीनामा दिएका थिए । खरेल पनि यादवसँग निरन्तर सम्पर्क गर्ने प्रहरी अधिकारीमा पर्छन् ।

एयरपोर्टका एक इन्सपेक्टरलाई सीआईबीले शङ्काको घेरमा राखेर अनुसन्धान गरिहेको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालयका उच्च अधिकारी र एयरपोटका अन्य केही प्रहरी अधिकारीसमेत शङ्काको घेरमा रहेको सीआईबी स्रोतले जनाएको छ ।

सुनकाण्ड सम्बन्धी रातोपाटीका सामाग्री अन्य समाचार 

एयरपोर्टमा यस्तो थियो सुन पास गर्ने रुट

एयरपोर्टका ‘शिकार’ : एसएसपी रविराजदेखि श्याम खत्रीसम्म

३३ किलो सुनकाण्डमा यसरी तानिएका थिए एसएसपी खत्री

३३ किलो सुनकाण्डः सिभिल एभियसनका प्रमुख र एरयपोर्टका हाकिम शंकाको घेरामा

३३ किलो सुनकाण्डमा भन्सारका नायव सुब्बा पक्राउ

‘भूरा माछा’ प्रकरणमा अर्थमन्त्री महराको अन्तर्वार्ता 

३३ किलो सुन बरामद प्रकरण : आरके ज्वेलर्सको मालिक अनुसन्धान घेरामा !

जहाजबाटै आयो ३३ किलो अवैध सुन, प्रहरीको कमिसन घट्यो

३३ किलो सुनकाण्ड : दोस्रो तहको भरिया भनिएका कार्की समातिए

३३ किलो अवैध सुनको भित्रि कथा : लण्डन पढेका युवाको चिन्ताले शुरु भयो अनुसन्धान

‘सिग्नेचर’ को डब्बाभित्र ३३ किलो सुन : एसपी मिरा चौधरीको कमाण्डमा यसरी समातियो (भिडियोसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप