बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने रोग अधिक

मङ्गलबार, २५ माघ २०७३, १३ : १८
मङ्गलबार, २५ माघ २०७३

नेपालगन्ज - बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ ९पाठेघर० खस्ने समस्या देखा परेका छन् ।

जनस्वास्थ्य कार्यालयले केही महिनाअघि जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो ।

कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाटपीडित महिलामध्ये एक चौथाइ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ ।

विशेषतः जिल्लाको गनापुर, साइगाँउ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सो समस्याबाट सबैन्दा बढी पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत अङ्गतबहादुर शाहीले बताए ।

कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप