बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फुटपाथ व्यवसायले ट्राफिक व्यवस्थापन अस्तव्यस्त – अध्ययन प्रतिवेदन

मङ्गलबार, २५ माघ २०७३, १३ : २६
मङ्गलबार, २५ माघ २०७३

चितवन - चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ ।

जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो ।

कार्यदलका संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले भने – दइबटै बजारका फुटपाथे व्यवसायले पैदलयात्रीमात्र होइन समग्र ट्राफिक व्यवस्थापनलाई नै असर परेको छ ।

यही माघ १२ गते सरोकारवाला प्रतिनिधिको सहभागितामा पन्तकै नेतृत्वमा सो कार्यदल गठन गरिएको थियो । कार्यदलले स्थलगत रुपमा गरेको अनुगमनपछि प्रस्तुत गरेको प्रतिवेदनकार्यान्वयनका लागि प्रचारप्रसारसँगै सहभागितामूलक कार्यक्रम गरेर बजार व्यवस्थापन गर्न प्रहरी तथा स्थानीयवासी सक्रिय भएका छन् । जसअनुसार सडक पेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउने निर्णय भएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

ट्राफिक व्यवस्थापनका लागि आजैदेखि अभियान सुरु भएको समेत उनले जानकारी दिए।

यस्तै बजारक्षेत्रमा बैंक, बित्तीय संस्था र स्थानीय व्यवसायीकै सवारी साधन लामो समयसम्म पार्किङले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप