बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लमजुङमा परिवार नियोजन प्रयोगकर्ता बढे

मङ्गलबार, २५ माघ २०७३, ०८ : ४१
मङ्गलबार, २५ माघ २०७३

लमजुङ -  लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् ।

गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताए ।

जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र रहेको थियो । तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए । अघिल्लो आव ०७१–७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत रहेको थियो ।

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले भने “सङ्ख्यात्मक रुपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ तर ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगती भएको छ ।”

पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । “पुरुषले प्रयोग गर्ने भन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्” चापागाईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप