बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बिम्स्टेक क्षेत्रलाई यातायात सञ्जालबाट जोड्नुपर्छ – मन्त्री डा महत

मङ्गलबार, २५ माघ २०७३, १५ : ५३
मङ्गलबार, २५ माघ २०७३

काठमाडौँ - परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा जारी बिम्स्टेकका अधिकारीको बैठकमा सहभागी हुनआएका बिम्स्टेकका सदस्य राष्ट्रका विदेश सचिवहरुको सामूहिक भेटका क्रममा मन्त्री डा महतले सो धारणा राखेका हुन् ।

विदेश सचिवहरुले मन्त्री डा महतलाई आज परराष्ट्रमन्त्रालयमा ्भेट गर्नुभएको हो । भेटका क्रममा मन्त्री डा महतले यस क्षेत्रलाई यातायातको सञ्जालबाट जोड्न सकिएमा यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने र यसबाट आपसी तथा जनताबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने बताए ।

बिम्स्टेक यस क्षेत्रका राष्ट्रको लागि एक महत्वपूर्ण मञ्च भएकाले यहाँको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र अन्तरदेशीय प्रशारण लाइनको माध्यमबाट विकासमा सघाउन पु¥याउने उनले बताए ।

मन्त्री डा। महतले आतङ्कवादका विरुद्धमा लड्नका लागि पनि यस्तो यातायात सञ्जालको विकासले सघाउने भन्दै आतङ्कवाद नियन्त्रणको एजेन्डमा यस क्षेत्रमा कसैको विमति रहने कुरै नआउने धारणा व्यक्त गरे ।

नेपाल भू–परिवेष्ठित राष्ट्र भएकाले पनि सम्भव भएसम्म नदीको माध्यमबाटै समुद्रसम्मको पहूँचका लागि यस मञ्चले निर्माण गर्ने यातायातको सञ्जालले सहयोग पु¥याउने बताउँदै उनले नेपालले जतिसक्दो चाँडो बिम्स्टेकको शिखर सम्मेलनको आयोजना गर्ने र सम्भवत आगामी जुन महिनाका लागि बिम्स्टेक मन्त्रिस्तरीय बैठक आयोजनाको प्रस्ताव नेपालले गर्ने जानकरी दिए ।

सो बैठकका क्रममा सम्भवत अन्तरदेशीय प्रशारण लाइनको निर्माणका विषयमा समझ्दारी हुने जानकारी पनि उनले दिए । नेपाल बिम्स्टेकको अध्यक्ष हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप