बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बम आक्रमणमा परी गभर्नरको मृत्यु

मङ्गलबार, २५ माघ २०७३, १६ : ०४
मङ्गलबार, २५ माघ २०७३

अफगानिस्तान - अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ ।

खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ ।

आक्रमणको तालिवानी लडाकुहरुले जिम्मेबारी लिएका छन् । तालिवानी लडाकुहरुको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरी ६५० जनाको मृत्यु भएको थियो भने ५६० जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप