बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्ववियू निर्वाचन बहिस्कार गर्दै राष्ट्रवादी विद्यार्थी संघ

मङ्गलबार, २५ माघ २०७३, १० : ०६
मङ्गलबार, २५ माघ २०७३

काठमाडौ – स्ववियूको नाममा कार्यकर्ता भर्ति गर्ने र पार्टीका स्वार्थ पूर्ति गर्ने मात्र काम भएको भन्दै राष्ट्रवादी विद्यार्थी संघले आसन्न स्ववियू निर्वाचन स्थगन गर्न माग गरेको छ । त्यसको साटो सबै विद्यार्थीको प्रतिनिधीत्व हुने गरी स्वतन्त्र विद्यार्थी परीषदको गठन गरीनुपर्ने उसको माग छ । मंगलबार त्रिभुवन विद्यालयका उपकुलपति डा. तिर्थ खनियालाई ज्ञापनपत्र बुझाउँदै स्ववियू निर्वाचन स्थगन नगरीए आफ्नो संगठनले स्ववियू निर्वाचनलाई बहिस्कार गर्ने जनाएको छ ।

‘विश्वका कुनै पनि विश्वविद्यालयमा संसदिय निर्वाचन गरेजस्तो चुनाव गरीने प्रचलन छैन तर यहाँ राजनीतिक दलहरुले आफ्नो नीहित स्वार्थपूर्तिाक लागि विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएका छन्’ संघका केन्द्रिय संयोजक तारा प्रसाद अर्यालले भने ‘स्ववियूका नाममा राजनीतिक दलले गरेको भागबण्डा र गुण्डागर्दीको विरोधमा हामीले निर्वाचन बहिस्कार गर्छौँ ।’

उनले स्ववियू नामको राजनीतिका कारण विद्यार्थीका हक अधिकार र समग्र शिक्षा प्रणालीका एजेण्डाहरु छायाँमा परेको पनि बताए । विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको साटो फरक पद्धतिबाट हरेक क्याम्पसमा स्वतन्त्र विद्यार्थी परीषदको गठन र राष्ट्रिय रुपमा एक राष्ट्रिय स्वतन्त्र विद्यार्थी परीषद् गठन गर्नुपर्ने सो संगठनको माग छ ।

सो संगठन कुनै दलसंग आवद्ध नभएको स्वतन्त्र संगठन रहेको उनको दावी छ । स्वदेशमै रोजगारको ग्यारेण्टी, प्रमाणपत्रलाई धितो राखेर ऋृण प्रदान गर्नुपर्ने अथवा बेरोजगार युवाहरुलाई सामाजिक सुरक्षा भत्ताको माग गर्दै उक्त संगठनका १२ जना विद्यार्थीले गत वैशाखमा आमरण अनसन बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप