बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकको खुद मुनाफामा वृद्धि

मङ्गलबार, २५ माघ २०७३, १७ : ०१
मङ्गलबार, २५ माघ २०७३
काठमाडौ–सेञ्चुरी कमर्सियल बैंकको चालू आवको दोस्रो त्रैमासिकमा संचालन मुनाफ्mा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख गरेकोे छ । खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमासभन्दा २०१.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी रु.३ अर्ब ६८ करोड पुगेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख राखेको छ । बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी १२ रुपैंयाँ १४ पैंसा, प्रतिसेयर नेटवर्थ १ सय २२ रुपैंयाँ ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको अवधीमा ८ अर्ब पूंजी पु¥याउन बैंक कटिवद्ध भएको पनि जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप