बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुरु भयो रोजको ‘मेरो पैसा खै’, देखिएनन् जुही र राजपाल

मङ्गलबार, २५ माघ २०७३, १७ : ०८
मङ्गलबार, २५ माघ २०७३

काठमाडौं – बलिउड निर्देशक विवेक शर्माको पहिलो नेपाली चलचित्र ‘मेरो पैसा खोइ’को छायाँकन सुरु भएको छ ।

मंगलबार पुतली सडकमा पहिलो दृश्य कैद गर्दै चलचित्र सुरु गरिएको हो । एक हिरोइनको खोजिमा रहेको निर्माण युनिटले छुल्ठिम गुरुङलाई हिरोइनको रुपमा फाइनल गर्दै छायाँकन सुरु गरेको हो ।

निर्माता रोज राणाले पैतालिस दिनको तालिका मिलाएर चलचित्र छायाँकन सुरु गरिएको जानकारी दिए । सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र रविन तामाङ लगायत कलाकारको चलचित्रमा अभिनय रहनेछ ।

यस अगाडि अभिनेत्रीका रुपमा फाइनल भएकी बर्षा सिवाकोटीले भने चलचित्र छाडेकी छन् । भारतिय कलाकार जुही चावला र राजपाल यादव चलचित्रका लागि १५ माघ भित्र काठमाडौ आउने निर्माण युनिटले यस अगाडि बताए थिए । तर उनीहरुले अहिले आएका छैनन् । चलचित्रको छायाँकनको बीचमा उनीहरु नेपाल आउने निर्माण युनिटको भनाई रहेको छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, चन्द्र पन्तको द्धन्द्ध रहनेछ । काठमाडौं, धुलिखेल र लुम्बिनीका लगायत भारतका बिभिन्न स्थानमा समेत चलचित्र छायाँकन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप