बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि सबै आइफोनमा फोरजी चलाउन सकिने, यसरी गर्नुहोस् सुचारु

मङ्गलबार, २५ माघ २०७३, १७ : २५
मङ्गलबार, २५ माघ २०७३

काठमाडौँ – नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी एलटिई सेवा मंगलबारदेखि सवै सिरिजका आइफोनका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ ।

यस अघि यो सेवा आइफोन फाइभका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आज देखि आइफोन ६, ६ प्लस, सेभेन र सेभेन प्लस सिरिजका सेटहरुमा पनि फोरजीसेवा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले फोरजी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै सिरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।

‘सेवा सञ्चालन भइसके पछि पनि आइफोनकाका केही सिरिज हरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीको निर्धारित समय अगावै बेटा भर्सन गरी आइफोनका सिरिजका सेटहरुमा फोरजी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको हो,' कम्पनीले विज्ञप्तिमा भनेको छ ।

नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार,

आइफोन ६, ६ प्लस, सेभेन र सेभेन प्लस सिरिजका फोन सेटमा फोरजी सेवा सञ्चालन गर्नको लागि एप्पल कम्पनीको वेवसाइट  https://beta.apple.com/  मा उपलब्ध निर्देशन अनुसार आप्mनो फोनको ब्याकअपमा लिई प्रोफाइल डाउनलोड गर्नुपर्ने हुन्छ ।

त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ र आइफोन ६ तथा सो माथिका सिरिजमामा नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप