बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थलको काम फेव्रुअरी भित्रै सुरु हुन्छः सहरी विकास मन्त्री

मङ्गलबार, २५ माघ २०७३, १८ : १७
मङ्गलबार, २५ माघ २०७३
पोखरा – सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही फेव्रुअरी महिना भित्रै हुने वताएका छन् । कन्या प्रविधीक शिक्षा स्थापनार्थ कन्या क्याम्पस नदीपुर पोखराद्धारा मंगलवारदेखि पोखरामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले सो कुरा वताएका हुन् । उनले सवै प्रक्रिया पूरा भईसकेकोले अव विमानस्थल निर्माण कार्यमा ढिलाई नहुने वताएका छन् । यस्तै पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नेवारे सहरी विकास मन्त्रालयमा एक महिना भित्र निवेदन पठाउन पनि उनले आग्रह गरेका छन् । पोखराका पूर्वाधार निर्माण गर्न सरोकारवाला तात्नु पर्ने वताउँदै मन्त्री केसीले यसको लागि सहरी विकास मन्त्रालय सँधै तयार रहेको वताए । उनले नेपालमा संविधान कार्यान्वय आजको आवस्यकता भएको वताए । उनले अव संविधानलाई समयानुकुल परिमार्जन गर्दै कार्यान्वयमा लगेपछि मात्र उपलव्धी संस्थागत हुने वाटो खुल्ने वताए । कन्या मावि र कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना गर्ने कुराले आफू उत्साही भएको वताउँदै उनले आगामी वर्षको वजेटवाट विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । क्याम्पस संञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सभासद शारदा पौडेल, यज्ञवहादुर थापा, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र भारी र क्याम्पस प्रमुख सुरेश मानन्धरले वोलेका थिए । यसअघि क्याम्पस गेटवाट निस्केको कलश यात्राले नगरपरिक्रमा गरेको थियो । पण्डित दिनवन्धु पोखरेलवाट वाचन हुने महायज्ञवाट क्याम्पसले ५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप