बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा शक्तिशाली भूकम्प

बुधबार, २६ माघ २०७३, ०९ : ०८
बुधबार, २६ माघ २०७३

इस्लामाबाद – पाकिस्तानको तटीय क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार पाकिस्तानको पास्नी सहरको २३ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्र विन्दु रहेको थियो ।

६.३ रेक्टर स्केलका तिव्रता रहेको भूकम्प स्थानीय समय अनुसार बिहान ३ बजेर ३ मिनेटमा गएको थियो ।

भूकम्पको क्षतिबारे अझै स्पष्ट तथ्यांक आएको छैन ।

गत अप्रिलमा छिमेकी अफगानिस्तानमा ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सन् २०१५ को अक्टोबरमा पाकिस्तान र अफगान्सितानमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

भारतीय र युरेसियन प्लेट ठोक्किने ठाउँमा पाकिस्तान पर्ने हुँदा त्यहाँ धेरै भूकम्प जाने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप