बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

९ खेलाडीमा सिमित बार्सिलोना म्याड्रिडलाई रोक्दै कोपा डेल रेको फाइनलमा

बुधबार, २६ माघ २०७३, ०९ : ४६
बुधबार, २६ माघ २०७३

बार्सिलोना – ९ खेलाडीमा सिमित बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोक्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

समग्रमा ३–२ को जीत निकाल्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

लुइस सुवारेज पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनालाई दोस्रो लेगमा १–० तथा समग्रमा ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा सर्जी रोबर्टोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेपछि बार्सिलोना १० खेलाडीमा सिमित हुन पुग्यो । त्यसपछि, एन्टोनिया ग्रिजमानले गोल फर्काएपनि रेफ्री गलत निर्णय गर्दै उनलाई अफसाइड बताएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा एथ्लेटिको म्याड्रिडका याकिन कारास्कोले पनि दोस्रो कार्ड खाँदै मैदान छाड्नुपरेपछि दुवै टोली १० खेलाडीमा सिमित बन्यो ।

अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका केभिन गामेरियोले पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपनि खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याए ।

लियोनेल मेस्सीले प्रहार गरेको फ्रिकक पनि पोष्टमा लागेको थियो ।

गोलकर्ता सुवारेजले पनि खेलको अन्त्यमा रातो कार्ड खाएका थिए । उनले अब फाइनल खेल्न पाउनेछैनन् ।

डिफेन्डिङ च्याम्पियन बार्साले अब सेल्टाभिगो र आलाभेजको विजेतासँग फाइनलमा भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप