बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बायर्नका कप्तान लाह्मद्वारा सन्यास लिने घोषणा

बुधबार, २६ माघ २०७३, ०९ : ५८
बुधबार, २६ माघ २०७३

म्युनिख – बायर्न म्युनिख कप्तान फिलिप लाह्मले यो सिजनको अन्त्यदेखि फुटबल करियरबाट सन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१४ को विश्वकप जित्दा जमर्नीको समेत कप्तानी गरेका ३३ वर्षीय लाह्मले वुल्फसवर्गविरुद्ध जर्मन कपको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

बायर्नका लागि उनको यो ५०१ औँ खेल थियो । ‘यो सिजनको अन्त्यसम्म मेरो नेतृत्व दिनेछु, हरेक दिन उत्कृष्ट खेल खेल्नेछु । यो सिजनसम्म यो जारी राख्नेछु तर त्यसपछि सक्दिन,’ उनले भने ।

उनको करार सकिन एक वर्षअघि नै उनले सन्यास लिन लागेका हुन् ।

बायर्नकै उत्पादन रहेका लाह्मले सन् २००२ मा सिनियर खेलमा डेब्यु गरेका थिए । त्यसयता क्लबबाट उनले ७ वटा बुन्डेसलिगाको उपाधिसहित च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

सन् २०१४ को विश्वकपपछि नै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप