बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोका ‘बेस्ट फ्रेन्ड’ लाई दुई वर्ष जेल

बुधबार, २६ माघ २०७३, १० : २८
बुधबार, २६ माघ २०७३

मोरोक्को – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोका नजिकका मित्र भनिएका मोरोक्कोका किकबक्सर खेलाडी बदर हरीलाई २ वर्षको जेल सजाय सुनाइएको छ ।

मारपीट गरेको आरोपमा ३२ वर्षीय बदरलाई जेल सजाय सुनाइएको हो ।

उनीसँग रोनाल्डोको समलिंगी सम्बन्ध रहेको भनेर प्रचारसमेत भएको थियो ।

बदरका वकिलका अनुसार सजायमध्येको ६ महिना जेलमा बिताउनेछन् ।

सन् २०११ र सन् २०१२ मा आम्सटर्डाममा उनीमाथि मारपिटको आरोप लागेको थियो ।

बदर विश्वकै उत्कृष्ट किक बक्सरको रुपमा चिनिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप