बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक प्रदर्शनीको अवधि २० दिन थप

बुधबार, २६ माघ २०७३, ०८ : २०
बुधबार, २६ माघ २०७३

काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो ।

यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म कायम गरिएको प्रदर्शनी ११ दिन थप गरिएको थियो । सो प्रदर्शनी आजसम्म कायम गरिएकोमा अब २० दिन थप गरिएको छ ।

‘समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह’ नामक कृतिमा ‘नेपालको एकीकरण र राष्ट्रिय एकता’ शीर्षकमा जगमान गुरुङ तथा योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशका सन्दर्भमा र राष्ट्रिय एकताप्रतिको जनभावना प्रतिविम्बित तत्कालीन साहित्यमा आफ्नो विचार र अनुभव लेखेका छन् ।

पृथ्वीनारायण शाहसँग सम्बन्धित स्मारिका, महाकवि देवकोटाका विभिन्न कृति, बिपी कोइरालाको मोदिआइन, दोषीचस्मालगायत कृतिका साथै अन्य लेखकबाट सङ्ग्रह गरिएका विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको छ । सो प्रदर्शनीमा विभिन्न कृतिमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

प्रदर्शनीका संयोजक शिव चापागाईंले प्रदर्शनीमा विभिन्न समूहका दर्शक आउने गरेको बताउँदै दैनिक रु १० हजारको बिक्री भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप