मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लामखुट्टे धपाउन खोज्दा तीन घर जलेर नष्ट

बुधबार, २६ माघ २०७३, १३ : ०४
बुधबार, २६ माघ २०७३

पर्सा - पर्साको लखनपुर गाविसमा आज बिहान भएको आगलागीमा तीन घर जलेर नष्ठ भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा वडा नं ५ निवासी दरोगा यादव, दुर्गा यादव र हरि यादवको घर जलेर नष्ट भएको हो ।

हरि यादवको गोठमा लामखुट्टे धपाउन बालिएको आगो सल्किएको आगोले दरोगा र दुर्गा यादवको घर जलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ३ः४५ बजे भएको आगलागीमा परी हरि यादवको गोठमा बाँधिएको दुईवटा भैँसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए ।

आगलागीबाट तीनवटै घरमा राखिएको अन्न, लत्ताकपडा खाद्यान्न, नगद तथा जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको प्रवक्ता जोशीले बताए । आगलागीमा परी करिब पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

आगोलाई प्रहरी चौकी महुवन, स्थानीय बासिन्दा र वीरगन्जबाट गएको बारुणयन्त्रको सहयोगमा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप