बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

बुधबार, २६ माघ २०७३, ०८ : ०९
बुधबार, २६ माघ २०७३

चितवन - पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट आज एक किशोरीको मृत्यु भएको छ ।

भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याकरले विपरीत दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान–९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि ट्याकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप