बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बसले ठक्कर दिँदा बालिकाको मृत्यु

बुधबार, २६ माघ २०७३, ०८ : १२
बुधबार, २६ माघ २०७३

पाल्पा -  पाल्पा जिल्ला कुखुमखोला गाविस–७ गोहदीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ ।

कुखुमखोला–८ की ८ वर्षीय सविना बगालेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भैरव मेमोरियल बोडिङ्ग स्कुलको लु १ ख ११३० नम्बरको बस गुडिरहेका बेला बगालेले सडक पार गर्ने क्रममा बसको ठक्करले उनको मृत्यु भएको हो ।

यसैबीच सोमबार पाल्पाको दोभानमा जिप दुर्घटनाबाट चारजना र मङ्गलबार तानसेनमा बस र मोटरसाइल ठक्कर हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप