बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राधिका सुनारका हत्यारालाई कारबाहीको माग गर्दै महिला आन्दोलित

बुधबार, २६ माघ २०७३, ०८ : २७
बुधबार, २६ माघ २०७३

जाजरकोट - राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् ।

राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् ।

यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो ।

हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप