मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकका लगानीकर्ता जुकरबर्गबाट रुष्ट, अध्यक्षबाट हटाउन प्रस्ताव

बुधबार, २६ माघ २०७३, १४ : ३७
बुधबार, २६ माघ २०७३

न्युयोर्क – सामाजिक सञ्जाल फेसबुकका केही लगानीकर्ताले संस्थापक मार्क जुकरबर्गलाई कम्पनीको बोर्ड अफ डाइरेक्टर तथा कम्पनीको सिइओबाट हटाउन प्रस्ताव गरेका छन् ।

फेसबुकमा सेयर रहेको समअफअस नामक कर्पोरेट वाच ग्रुपले उनलाई हटाउन माग गर्दै प्रस्ताव अघि सारेको हो ।

भेन्चरबिटका अनुसार हालसम्म ३३३,००० जनाले हस्ताक्षर गरेको प्रस्ताव फेसबुकमा दर्ता गरिउको छ ।

यद्यपि, ३३३,००० जना मध्ये १५ सय जनासँग मात्र फेसबुकको सेयर रहेको छ ।

आफूलाई कर्पोरेसनहरुको बढ्दो शक्तिलाई नियन्त्रण गर्न समर्पित संस्था बताउने समअफअसले फेसबुकमा स्वतन्त्र व्यक्तिलाई सिइओ बनाउन प्रस्ताव गरेको छ ।

जुकरबर्ग फेसबुकका संस्थापक र सिइओ तथा बोर्ड अफ डाइरेक्टरका अध्यक्ष हुन् । उनीसँग फेसबुकको अधिकांश शेयर रहेको छ ।

समअफअसको प्रस्तावले फेसबुकको निर्णयमा कुनै असर नगर्ने जानकारहरुले बताएका छन् ।

यसअघि एप्पलका संस्थापक स्टिभ जब्सलाई पनि लगानीकर्ताहरुले कम्पनीको बोर्ड अफ डाइरेक्टरबाट हटाउन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप