बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषध सहित भक्तपुरबाट दुई पक्राउ

बुधबार, २६ माघ २०७३, ०६ : ४७
बुधबार, २६ माघ २०७३

भक्तपुर – विभिन्न लागुआौषधहित दुई युवा भक्तपुरबाट बुधबार पक्राउ परेका छन् ।

सुडाल नगरपालिका–८ जगाते चोकमा चेकजाँच गर्नेक्रममा बा ५५ प ४१६ नम्बरको मोटरसाइकल चालक ललितपुर बस्ने सिराहाका २४ वर्षीय एलुन्ज घले र मोटरसाइकलमा सवार ललितपुर बस्ने बारा निजगढका २१ वर्षीय बिकास तामाङ पक्राउ परेका हुन् ।

उनीहरुबाट २ एमएलको डाइजोल्याप १९ थान, २ एमएलको फेनारागन १७ थान र २ एमएलको नुर्फिन १९ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप