मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्यापछि पतिद्वारा विष सेवन

बुधबार, २६ माघ २०७३, १७ : ५२
बुधबार, २६ माघ २०७३

मोरङ - मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

दिउँसो १२ः३० बजेतिर सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए ।

हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।

घटनालगत्तै श्रीमान्ले पनि विषादी सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप